५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट इन्द्रजात्रा शुरु, इन्द्रध्वजा उत्थोलन (फोटो/भिडियो )



तस्वीरः रासस
अ+ अ-

काठमाडाैं । आजबाट विधिवत इन्द्रजात्रा शुरु हुँदैछ । आज बिहान हनुमान ढोकामा इन्द्रध्वजा उत्थोलन गरेर विधिवत इन्द्रजात्रा शुरु गरिएको हो ।

हनुमानढोकामा रहेको योसिँ (लिंगो) ठड्याएपछि इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो ।

इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

इन्द्रजात्राको अवसरमा हनुमान ढोका परिसरमा योसिँ (३२ हातको लिङ्गो) ठड्याइएको हो । काठमाडौँका तत्कालीन राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ ।

तस्वीरहरूः रत्न श्रेष्ठ/रासस

 

इन्द्रजात्राको लिङ्गो ठड्याउने क्रममा हनुमानढोकामा भेला भएका सर्वसाधारण । तस्वीरः रत्न श्रेष्ठ, रासस