६ कार्तिक २०८१, मंगलवार
,
Latest
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक एमाले नेता रिजालको दाबी– प्रचण्डको रोइकराई र हारगुहारले त्यो रोकिनेवाला छैन सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ? मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ ‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’ मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट इन्द्रजात्रा शुरु, इन्द्रध्वजा उत्थोलन (फोटो/भिडियो )



तस्वीरः रासस
अ+ अ-

काठमाडाैं । आजबाट विधिवत इन्द्रजात्रा शुरु हुँदैछ । आज बिहान हनुमान ढोकामा इन्द्रध्वजा उत्थोलन गरेर विधिवत इन्द्रजात्रा शुरु गरिएको हो ।

हनुमानढोकामा रहेको योसिँ (लिंगो) ठड्याएपछि इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो ।

इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

इन्द्रजात्राको अवसरमा हनुमान ढोका परिसरमा योसिँ (३२ हातको लिङ्गो) ठड्याइएको हो । काठमाडौँका तत्कालीन राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ ।

तस्वीरहरूः रत्न श्रेष्ठ/रासस

 

इन्द्रजात्राको लिङ्गो ठड्याउने क्रममा हनुमानढोकामा भेला भएका सर्वसाधारण । तस्वीरः रत्न श्रेष्ठ, रासस