१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपाललाइ गाई चुनाव चिह्न नदिने सर्वोच्चको आदेश



file photo
अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न नपाउने भएको छ । सर्वोच्च अदालतमा थापाले दिएको निवेदन न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले खारेज गरिदिएको थियो ।

निर्वाचन आयोगले यसअघि नै थापालाई गाई चुनाव चिह्न दिन नसकिने जानकारी गराइसकेको छ । थापाले आयोगको निर्णय विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

निर्वाचन आयोगले राष्ट्रिय पहिचान भएका चिह्न, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने निर्णय गरेको थियो ।

अब थापाले तिर चुनाव चिह्न लिनु पर्नेछ ।

यसैबीच, थापाले ट्वीट गर्दै अदालतको फैसला शिरोधार्य रहेको बताएका छन् । उनले भनेका छन्, “तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ। चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो। चलखेल, दवाव र सेटिङले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।”