• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह ★   पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित ★   दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु ★   संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे ★   जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन ★   चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक ★   राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छः रक्षामन्त्री उप्रेती ★   वर्षाले डढेलो निभाउने आशा ★   विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार ★   त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा पोखरेल

नेप्से परिसूचक २१.१६ अंकले गिरावट



काठमाडौँ । पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ ।

सोमवार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलवार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ ।

मंगलवार कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख ९ हजार कित्ता शेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटेपनि कारोबारमा भने सामान्य सुधार भएको छ । सोमवार ९० करोड ९९ लाखको मात्रै कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ । बाँकी वित्त उपसमूहको परिसूचक २.१२ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशतले घटेको छ ।

मंगलवार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य करिव १० प्रतिशत बढेको छ । सानिमा माई हाइड्रोपावरको शेयरमूल्य ७.३२ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशत घटेको छ ।

मंगलवार हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।