२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्केका युवा भन्छन्: सरकारले सहयोग गर्नुपर्छ



फाईल फोटो
अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अघिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क छ । राहदानी लिनेमा महिला पुरुष लगभग बराबरी छन् ।

जिल्लामा राहदानी बनाउनेमध्ये वैदेशिक रोजगारीमा जाने मात्र नभएर विदेशमा उच्च शिक्षा अध्ययन र वैदेशिक भ्रमणमा जाने पनि पर्दछ । तर अधिकांश युवा श्रमकै लागि विदेशिने गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा केही वर्ष मलेसिया बसेर आउनुभएका मेलम्ची–७ का कृष्णलाल श्रेष्ठ तरकारीखेती गरिरहनुभएको छ । उहाँले अब विदेश नजाने भन्दै आफ्नो पेशालाई निरन्तरता दिने बताउनुहुन्छ । उहाँले आफूजस्ता युवा तथा कृषकका लागि तिनै तहका सरकारको सहयोग गनुपर्ने उहाँको भनाइ छ ।

दुबईबाट फर्कनुभएका पाँचपोखरी थाङ्पाल गाउँपालिका युराज भट्टराई तीन तहका सरकारले युवालक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने बताउनुहुन्छ । “आफ्नो सीप, दक्षता र क्षमताका आधारमा स्वदेशमै केही गरौँ भन्ने विदेशवाट फर्केका युवाका लागि सही व्यवस्थापन गर्नसकेमा विदेशबाट फर्केका मात्र नभई स्वदेशकै युवाले पनि अवसर पाउने थिए”, उहाँले भन्नुभयो ।

अहिले कतिपय स्थानीय तहले विशेष गरेर विदेशबाट फर्केकाको समस्या सम्बोधन गर्ने प्रयास पनि गर्न थालेका छन् । उनीहरुलाई सामूहिक लगानीको अवसर सिर्जना गरेर स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक योजनाको छनोट गरिरहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

पाँचपोखरीका नागरिकको आम्दानीको मुख्य स्रोतमध्ये वैदेशिक रोजगार पनि हो । यहाँका अधिकांश युवा विदेशिने गरेका छन् । विदेशबाटै फर्कनुभएका मेलम्ची– ७ का श्रीकृष्ण श्रेष्ठ गाउँमै रोजगारको अवसर र लगानी गरेर कमाउने वातावरण सरकारले बनाउनुपर्ने बताउनुहुन्छ ।