२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्यो: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बनेको बताउनुभएको छ ।

आगामी निर्वाचनमा चुनावी तालमेल गरेर जान सहमत भएका सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँट पेचिलो बन्दै गएको उहाँले बताउनुभयो ।

पार्टी निकट दलित मुक्ति संगठनको मंगलबार काठमाडौँमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले पेचिलो बने पनि सिट बाँडफाँटलाई सम्भव बनाएर लैजान खोजिरहेको बताउनुभयो ।

आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा लाग्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई उहाँले निर्देशन दिनुभयो ।