२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षदलका नेता ओलीले सभामुख विरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्तारुढ गठबन्धनको आपत्ति



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै  आपत्ति जनाएको छ । सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै उनिहरुले संवैधानिक मर्यादा अवलम्बन गर्न  विपक्षी दलका नेता ओलीलाई आग्रह समेत गरेका छन् । 

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र प्रस्तावित नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले  संयुक्त वक्तव्य जारी  गर्नुभएको छ ।

सभामुख व्यवस्थापिकाको प्रमुखका साथै संघीय संसदको संरक्षक भएको भन्दै बक्तब्यमा भनिएको छ  ‘सभामुखका विरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् ।’