२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाका सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले चुनावी कमाण्डर तोक्यो



अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जिल्लास्थित सबै निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवारी तोकेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको पूर्ण बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँट गरेको पार्टीका जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ समन्वय समितिको इन्चार्जमा अमर तमु, संयोजकमा छमबहादुर गुरुङ, सचिवमा अङ्कुर तिमिल्सेना (आयाम)लाई जिम्मेवारी दिएको छ ।

त्यस्तै क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा (क) मा इन्चार्जमा लेखबहादुर थापा, संयोजकमा शोभा लामिछाने, सचिवमा जीवन गुरुङलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । त्यस्तै प्रदेश (ख) को इन्चार्जमा सुशीला सिम्खडा, संयोजकमा ऋषि खनाल, सचिवमा प्रेमचन्द्र श्रेष्ठलाई चयन गरिएको जिल्ला संयोजक भट्टले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को इन्चार्जमा परशुराम रम्मेल, सह इन्चार्जमा खोपबहादुर कँडेल, संयोजकमा भुवन सुनार र सचिवमा रामकुमार कोइरालालाई चयन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ (क( को इन्चार्जमा कमला नहर्की, संयोजकमा रामचन्द्र सेडाइँ, सचिवमा सुदिप नगरकोटी तथा (ख) को इन्चाजमा दीपक देवकोटा, संयोजकमा नवराज पुडासैनी र सचिवमा सुनिल परियारलाई चयन गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । जिल्लाभित्रका सबै पालिकामा निर्वाचन रणनीति तय गर्नका लागि तत्काल बैठक बस्ने निर्णयसमेत गरेको छ ।