• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

हनुमानढोका-स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ विश्व पर्यटनकै नमुना बन्नेछ: पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमुना बन्ने बताउनुभएको छ ।

काठमाडौंमा हनुमानढोका–स्वयम्भू सम्पदामार्ग लक्षित गरी पहिलोपटक आयोजना गरिएको स्थानीय पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका(स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने नमुना गन्तव्यस्थल बन्ने बताउनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु विश्व पर्यटनमै दुर्लव संयोग रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक ९लोकल गाइड० तालिम संचालन गरेको हो । पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका ३० जना स्थानीय युवाहरुलाई तालिममा सहभागि गराइएको थियो ।

स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुलर्भ वास्तुकलाका साथै पदमार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको छ । उक्त क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिनेछ ।

श्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको दुरी २।२ किलोमिटर रहेको छ । पदमार्गमार्फत पर्यटन तथा सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको छ । मन्त्री श्रेष्ठले आफ्नो ७३ बुंदे कार्ययोजनामा समेत स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम संचालनको बिषय समेट्नुभएको थियो ।