१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी

दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी
अ अ+ अ-

बेनी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । 

रघुगङ्गा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी–५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा  गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो । 

दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रक्रियामा लैजाने तयारी गरिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदीप रेग्मीले जानकारी दिनुभयो । दुवै आयोजनालाई ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

दुवै योजनाको सर्वेको काम सकेर लागत लागत अनुमान तयार गरी विभागमा पठाइएको र स्वीकृत भएर आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार उक्त आयोजनाहरुमा कूल लागतमध्ये ९० प्रतिशत सङ्घीय सरकारको लगानी र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम लगानी गर्नुपर्नेछ । 

ठूलो आयोजना भएकाले उपभोक्ताले नगद लगानी गर्न सक्ने अवस्था नदेखिएपछि १० प्रतिशत श्रमदान बापतको रकम नगद नै जम्मा गर्नुपर्ने भएकाले उक्त रकमको सुनिश्चिता स्थानीय तहमार्फत गराउन पहलसमेत सुरु गरिएको आयोजनाले जनाएको छ । घोप्टेखोलाबाट दुई हजार ६५८ र भगवती पिप्ले खानेपानी आयोजनाबाट दुई हजार ४१६ घरधुरी लाभान्वित हुने इन्जिनियर रेग्मीले बताउनुभयो ।

रघुगङ्गा–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङ्कीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइपलाइन रहने प्रस्ताव गरिएको छ । यो आयोजना निर्माणका लागि रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ ।

रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । यो योजना सम्पन्न गर्न रु ३८ करोड लागत अनुमान गरिएको छ । 

कार्यालयमार्फत यस वर्ष बेनीबजार खानेपानी गुणस्तर सुधारका लागि रु एक करोड २५ लाख बजेटबाट बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर ट्याङ्की निर्माण सुरु भएको छ । 

त्यसैगरी बेनीबजारमा बर्खायाममा हुने खानेपानीको पाइपलाइनमा बाढीपहिराको अवरोधका कारण निम्तिने खानेपानीको हाहाकारको समस्या हटाउन वैकल्पिक पानीको व्यवस्थापनका लागि म्याग्दी खोलाबाट पम्पिङको लागिसमेत रु ४० लाख बजेट विनियोजन भएको छ । 

चालु आर्थिक वर्षमै भुरुङ, दाना गाडपार, घोडेपानी खिवाङ, दरबाङ, राखु भगवती सुधार विस्तार र ज्यामरुकोट ठूलो खोला राताभिर खानेपानीको समेत सर्वेको चरणमा रहेको छ । यस कार्यालयमार्फत अन्नपूर्ण गाउँपालिका–६ घार बृहत् खानेपानीका लागि रु ३० लाख बजेट र वडा नं १ दोबामा १५ लाख बजेटबाट खानेपानी आयोजनाको काम भइरहेको छ ।