६ कार्तिक २०८१, मंगलवार
,
Latest
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक एमाले नेता रिजालको दाबी– प्रचण्डको रोइकराई र हारगुहारले त्यो रोकिनेवाला छैन सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ? मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ ‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’ मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबु बसपार्क क्षेत्रमा चल्यो महानगरको डोजर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन थालेको छ ।

महानगर प्रहरीका अनुसार अहिले गोंगबु बसपार्क क्षेत्रमा अवैधानिक तवरले निर्माण गरिएका संरचना र फुटपाट मिचेर बनाइएका संरचना हटाउने काम भइरहेको छ ।

आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो ।

महानगरले म्हैपीदेवीबाट मित्रनगरतर्फ जाने सडकमा डोजर प्रयोग गरेर अवैध संरचना हटाउने काम गरिरहेको छ ।

अवैध संरचना हटाएको हेर्न भीड बढेपछि महानगर प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ ।

यसअघि महानगरले आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो ।