१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबु बसपार्क क्षेत्रमा चल्यो महानगरको डोजर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन थालेको छ ।

महानगर प्रहरीका अनुसार अहिले गोंगबु बसपार्क क्षेत्रमा अवैधानिक तवरले निर्माण गरिएका संरचना र फुटपाट मिचेर बनाइएका संरचना हटाउने काम भइरहेको छ ।

आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो ।

महानगरले म्हैपीदेवीबाट मित्रनगरतर्फ जाने सडकमा डोजर प्रयोग गरेर अवैध संरचना हटाउने काम गरिरहेको छ ।

अवैध संरचना हटाएको हेर्न भीड बढेपछि महानगर प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ ।

यसअघि महानगरले आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो ।