२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्दै माधव नेपालसहितका नेता चन्द्रागिरी रिसोर्ट पुगे



अ+ अ-

काठमाडौँ । एमालेबाट विभाजित प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।  बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारीका लागि आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको स्रोतले जनाएको छ ।  उनीहरूका लागि सोमबार करिब ५० बेड बुकिङ गरिएको बताइएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू रहनेछन् ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोट सहमति भएको थियो । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् ।