२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्दै माधव नेपालसहितका नेता चन्द्रागिरी रिसोर्ट पुगे



अ+ अ-

काठमाडौँ । एमालेबाट विभाजित प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।  बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारीका लागि आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको स्रोतले जनाएको छ ।  उनीहरूका लागि सोमबार करिब ५० बेड बुकिङ गरिएको बताइएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू रहनेछन् ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोट सहमति भएको थियो । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् ।