२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रि जन कांग्रेस स्थायी समितिका अध्यक्ष झान्सु नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुले यही भदौ २७ गतेदेखि भदौ ३० गतेसम्म नेपाल भ्रमण गर्ने हुनुभएको छ ।

पराराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सभामुख सापकोटा र झान्सुले भदौ २७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । सोही साँझ सभामुखले अध्यक्ष झान्सु र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नु हुनेछ ।

नेपालमा रहँदा ली झान्सुले भदौ २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र भदौ २६ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

सोही दिन झान्सुले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्नु हुनेछ ।

नेपाल भ्रमणमा रहेका राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्षसँग भदौ २७ गते पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।