१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रि जन कांग्रेस स्थायी समितिका अध्यक्ष झान्सु नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुले यही भदौ २७ गतेदेखि भदौ ३० गतेसम्म नेपाल भ्रमण गर्ने हुनुभएको छ ।

पराराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सभामुख सापकोटा र झान्सुले भदौ २७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । सोही साँझ सभामुखले अध्यक्ष झान्सु र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नु हुनेछ ।

नेपालमा रहँदा ली झान्सुले भदौ २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र भदौ २६ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

सोही दिन झान्सुले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्नु हुनेछ ।

नेपाल भ्रमणमा रहेका राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्षसँग भदौ २७ गते पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।