२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित

स्काउट कार्यालय तोडफोडको विरोधमा शान्तिपूर्ण प्रदर्शन

स्काउट कार्यालय तोडफोडको विरोधमा शान्तिपूर्ण प्रदर्शन
अ अ+ अ-

काठमाडौँ । नेपाल स्काउटका स्वयंसेवी सदस्यहरुले आज खड्का ल्याण्ड डेभलेपमेन्ट प्रा.लि.का सञ्चालक दिपक खड्काको कार्यालय अगाडी शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

मङ्गलबार (हिजो) नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा संखुवासभाका काँग्रेस नेता समेत रहेका खड्काकै नेतृत्वमा तोडफोड र कार्यालयको ल्यापटप चोरी समेत भएको थियो । उक्त घटनाका दोषी उपर कारवाही गर्न माग सहितको निवेदन र किटानी जाहेरी सोह्रखुट्टे प्रहरीले दर्ता गर्न नमानेपछि स्काउटका सदस्यहरु त्यसको विरोधमा उत्रिएका हुन ।

नेपाल स्काउटसँग करार सम्झौता गरी व्यवसायिक भवनहरु भाडामा लिएको खड्का ल्याण्ड डेभलेपमेन्ट प्रा.लि.ले वर्षौंदेखिको करिब ३ करोड १७ लाख बक्यौता भाडा समेत बुझाउन बाँकी रहेको, सम्झौता विपरीत भवन तथा संरचनाहरु बनाएको र नेपाल स्काउटले बाँकी रहेको भाडाको लागि ताकेता गर्दा राजनैतिक शक्तिको आडमा काँग्रेस नेता खड्काले गुण्डा प्रयोग गरी कार्यालयमा तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने, प्रिन्टर नेमप्लेट लगायतका कार्यालय सामग्री फुटाउने र कर्मचारीको कार्यकक्षमा रहेको ल्यापटप चोरी गरी लगेका थिए ।

मङ्गलबार (हिजै) नेपाल स्काउटले पत्रकार सम्मेलन गरी  दिपक खड्का र संलग्न व्यक्तिहरु माथि प्रमाण सहित कारबाहीको माग गरिसकेको छ । घटनामा संलग्न अधिकांशको पहिचान समेत खुलिसकेको अवस्थामा नेपाल स्काउटले लिखित उजुरी दर्ता गराउन खोज्दा दिपक खड्काकै कारण प्रहरीले उजुरी दर्ता गर्न मानेको छैन ।

लैनचौर स्थित कार्यालय परिसमै भाडामा लिएको भवनमा रहेको दिपक खड्काको कार्यालय अगाडि १०० भन्दा बढी संख्यामा उपस्थित स्काउट सदस्य तथा स्काउट प्रधान कार्यालयका कर्मचारीहरुले “बालबालिकाको पवित्र संस्था माथिको गुण्डागर्दी बन्द गर” “स्काउटको सम्पति अतिक्रमण बन्द गर”, “स्काउटमाथि गुण्डागर्दी बन्द गर”, “बाँकी भााडा तुरुन्तै तिर” “दोषीमाथि कारबाही गर” जस्ता नारा लगाउँदै एकघण्टा कार्यालयको प्रवेश द्धार घेराउ गरेका थिए ।