१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काउट कार्यालय तोडफोडको विरोधमा शान्तिपूर्ण प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेपाल स्काउटका स्वयंसेवी सदस्यहरुले आज खड्का ल्याण्ड डेभलेपमेन्ट प्रा.लि.का सञ्चालक दिपक खड्काको कार्यालय अगाडी शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

मङ्गलबार (हिजो) नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा संखुवासभाका काँग्रेस नेता समेत रहेका खड्काकै नेतृत्वमा तोडफोड र कार्यालयको ल्यापटप चोरी समेत भएको थियो । उक्त घटनाका दोषी उपर कारवाही गर्न माग सहितको निवेदन र किटानी जाहेरी सोह्रखुट्टे प्रहरीले दर्ता गर्न नमानेपछि स्काउटका सदस्यहरु त्यसको विरोधमा उत्रिएका हुन ।

नेपाल स्काउटसँग करार सम्झौता गरी व्यवसायिक भवनहरु भाडामा लिएको खड्का ल्याण्ड डेभलेपमेन्ट प्रा.लि.ले वर्षौंदेखिको करिब ३ करोड १७ लाख बक्यौता भाडा समेत बुझाउन बाँकी रहेको, सम्झौता विपरीत भवन तथा संरचनाहरु बनाएको र नेपाल स्काउटले बाँकी रहेको भाडाको लागि ताकेता गर्दा राजनैतिक शक्तिको आडमा काँग्रेस नेता खड्काले गुण्डा प्रयोग गरी कार्यालयमा तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने, प्रिन्टर नेमप्लेट लगायतका कार्यालय सामग्री फुटाउने र कर्मचारीको कार्यकक्षमा रहेको ल्यापटप चोरी गरी लगेका थिए ।

मङ्गलबार (हिजै) नेपाल स्काउटले पत्रकार सम्मेलन गरी  दिपक खड्का र संलग्न व्यक्तिहरु माथि प्रमाण सहित कारबाहीको माग गरिसकेको छ । घटनामा संलग्न अधिकांशको पहिचान समेत खुलिसकेको अवस्थामा नेपाल स्काउटले लिखित उजुरी दर्ता गराउन खोज्दा दिपक खड्काकै कारण प्रहरीले उजुरी दर्ता गर्न मानेको छैन ।

लैनचौर स्थित कार्यालय परिसमै भाडामा लिएको भवनमा रहेको दिपक खड्काको कार्यालय अगाडि १०० भन्दा बढी संख्यामा उपस्थित स्काउट सदस्य तथा स्काउट प्रधान कार्यालयका कर्मचारीहरुले “बालबालिकाको पवित्र संस्था माथिको गुण्डागर्दी बन्द गर” “स्काउटको सम्पति अतिक्रमण बन्द गर”, “स्काउटमाथि गुण्डागर्दी बन्द गर”, “बाँकी भााडा तुरुन्तै तिर” “दोषीमाथि कारबाही गर” जस्ता नारा लगाउँदै एकघण्टा कार्यालयको प्रवेश द्धार घेराउ गरेका थिए ।