२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरानो गाँउमा भेटिए राजुबाबु, अनिर, प्रविण र मिलन



अ+ अ-

काठमाडौ ।  संगीतकार अनिर मास्के २५ वर्षपछि फेरि हार्मोनियमका कि बोर्डमा औंला चलाउँदै धुन निकाल्न सक्रिय भएका छन् । मास्केले चर्चित गीतकार डा. राजुबाबु श्रेष्ठको शब्दमा गीत संगीत क्षेत्रका अहिलेका "हटकेक"हरु अर्थात गायक प्रवीण बेडवाल र गायिका मिलन नेवारको स्वरमा दुई गीत रेकर्ड गराएका छन् ।

प्रवीणले गाएको "आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटु कुटु मुटु खायो सानी बिरानो यो शहरमा" शब्द रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । 

यसै गरी "किन होला आज देब्रे आँखा फर्फरायो, सम्झियौ कि तिमीले कतै बाडुली पो आयो, बिरानो यो गावैमा" बोलको गीतमा गायिका मिलनले स्बर दिएकी छिन् । यो गीतको पनि एरेन्ज सचिन सिंहले गरेका हुन् । ए वान म्युजिक स्टुडियोमा रेकर्ड भएको गीतको अडियो  केही दिन भित्र नै सार्वजनिक गरिने संगीतकार मास्केले जानकारी दिए ।   

गीत सुनेर अनुभूति गर्ने कुरा हो, सार्वजनिक भएपछि श्रोताबाट आउने प्रतिक्रियाका आधारमा भिडियो बनाउने तयारी रहेको मास्केले जानकारी दिए ।