२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रमा सहजता देखिन सुरु भएको छ: गर्भनर अधिकारी



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलकको अर्थतन्त्र सहज बन्दै गईरहेको जनाएको छ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गईरहेको बताउनु भएको हो ।

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराउनु भयो । अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै बस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौं । तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ । हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौं भने हामीलाई त्यही प्रेसर दोहोरिदैन भन्ने होइन । सहजता सँगसँगै सजकता पनि हाम्रो लागि आवश्यक विषय छ । यस अर्थमा सकारात्मक कुराहरु आईराखेका छन । पर्यटन गत वर्ष भन्दै पछिल्लो ६ महिनामा दोब्बर आएका छन । केही बस्तुहरुको निर्यात बढेर गएका छन ।’

केही बस्तुहरुको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रुपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिदै आएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनिकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो समेत औंल्याउनु भयो ।