२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा विपरित धुव्रका दुई धार सँगसँगै जान सक्दैनन : खिमलाल देवकोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल देवकोटाले अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेकाबीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ  भन्दै प्रश्न गरेका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत देवकोटाले सो कुरन उल्लेख गरेका हुन् ।  

देवकोटाले अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेकाबीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ?  भनेर प्रश्न गरेका छन् । 

उनले लेखेका छन्-  'नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भिम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधि सभा पुर्नस्थापनालाई महान र ऐतिहासिक भनेका छन । प्रतिनिधि सभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरुको थियो र छ ।  अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरित धुव्रका यी दुई धार सँगसँगै जान सक्लान ? निश्चित छ । सक्दैनन । ऐतिहासिक उपलव्धि ठान्नेले ऐतिहासिक भूल भयो भन्नैपर्दछ । असहमतिका अरु पनि प्रशस्तै मुद्धाहरु छन । पहिला विचारमा सहमतिरएकरुपता नभएसम्म भागवण्डामा रमाउनुरमिलाउनु को कुनै अर्थ छैन । घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अव दास बन्नुको विकल्प छैन । मैले देख्दिन । सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्व जस्तो संविधानको भावना विपरितको निरंकुशतातर्फ उन्मुख हुने निर्णयलेनै सन्देश दिइसकेको छ । अब तिमीहरु सबै मेरै वरिपरी घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो ।'