• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सिट बाँडफाटमा सत्तारुढ गठबन्धन सहमति नजिक: प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट सहमति नजिक पुगेको बताउनुभएको छ ।

सुर्खेतमा शुक्रबार आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले जितको आधारसहित कुन कुन क्षेत्र र प्रदेशमा दावी गर्ने भन्नेबारे गृहकार्य गरेर भोलि (शनिबार) बस्ने सत्तारुढ गठबन्धनको बैठकमा प्रस्तुत हुने बताउनुभयो ।

उहाँले कर्णाली प्रदेशका लागि सिट बाँडफाँट गर्दा फुकेर कदम चालिने स्पष्ट पार्नुभयो । २०७४ को निर्वाचनमा सिट बाँडफाँट गर्दा केही कमजोरी भएको स्वीकार्दै अध्यक्ष प्रचण्डले केन्द्र सरकारमा पनि कर्णाली प्रदेशको भूमिका होस् भन्नेगरी जाने बताउनुभयो ।