६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने



अ+ अ-

काठमाडौँ । आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । साथै केन्द्रले सिन्के धूप उत्पादन गर्ने मेसिनसमेत बनाउने भएको छ । केन्द्रलाई ती मेसिन बनाउन सरकारले समेत सहयोग गर्नेछ ।

केन्द्रले आगामी वैशाखसम्ममा त्यस्तो मेसिन बनाउने गरी सरकार र केन्द्रबीच एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

शुक्रबार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसार र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्रअनुसार मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि आविष्कार केन्द्रले काम गर्नेछ ।

प्रवद्र्धन केन्द्रले सो कार्यका लागि आविष्कार केन्द्रलाई यो वर्ष रु ४० लाख आर्थिक सहयोग गर्नेछ । समझदारीपत्रमा हस्ताक्षर भएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले सरकारको सहयोगले आफूहरु धेरै उत्साहित भएको बताउनुभयो ।

उहाँले प्राप्त सहयोग रकमबाट सिन्केधूप, दाँत कोट्याउने सिन्का बनाउन मेसिन, झाडु, बाँसको मुढा बनाउने लगायतका मेसिन बनाउन खर्च गरिने जानकारी दिनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज भएको समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताउनुभयो ।