१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट
अ अ+ अ-

महेन्द्रनगर । आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती खेलाडी छनोट भएको बताउनुभयो । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् । सुदूरपश्चिमले आगामी राष्ट्रिय प्रतियोगितामा ३१ खेलमा प्रतिस्पर्धाका लागि तयारी गरेको बुझिएको छ ।

जिल्लामा एक सय ९२ महिला र दुई सय ५६ पुरुष खेलाडी छनोट भएका छन् । समितिले अहिले छनोटमा परेका खेलाडीलाई हप्ता दश दिन बन्द प्रशिक्षणमा राख्ने विषयमा गृहकार्य गरिरहेको छ । “बन्द प्रशिक्षणमा खेलाडीलाई डाइड र बसोबासका लागि हामीलाई रकम अभाव छ ।” उहाँले भन्नुभयो, “त्यसको व्यवस्थापनका लागि हामी स्थानीय तहसित समन्वय गरिरहेका छौँ ।”

बन्द प्रशिक्षण सञ्जालनका लागि रु अढाइदेखि तीन लाख खर्च हुने अनुमान गरिएको छ । कञ्चनपुरले कुस्ती, हक्की, कबड्डी, भारोत्तोलन, कराँते, तेक्वान्दो, बक्सिङलगायतका खेलमा खेलाडीले राष्ट्रियस्तरमै पदक दिलाउने आशा गरेको छ ।

त्यसैगरी आफूसित उपलब्ध भएका खेलकुद संरचना भएका खेलको प्रदेश छनोट कञ्चनपुरमै हुनुपर्ने खेलकुद विकास समितिले माग गरेको छ । “फुटबल, भलिबल, कबड्डी बक्सिङ, कुस्तीलगायत दश खेलको प्रदेश छनोट यतै गर्न प्रदेश खेलकुद परिषद्सँग माग गरेका छौँ ।” कार्यालय प्रमुख भट्टले भन्नुभयो, “नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट सहभागी खेलाडीमध्ये सबैभन्दा बढी कञ्चनपुरले पदक ल्याउनेमा हामी ढुक्क छौँ ।”