११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
आतंकवादी हमलामा कश्मीरमा मारिएका सुदीपको शव ल्याइयो ‘हिमालहरूमा जीवन छैन’ आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेश्नल ग्रल्स आइसिटी डे’ पहलगाममा भएको आतंकवादी हमलाको राप्रपाद्वारा निन्दा पाकिस्तानी सुरक्षा कूटनीतिज्ञलाई भारत छाड्न आदेश, सिन्धु जल सम्झौता स्थगन यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर आफैंले लडेर ल्याएको व्यवस्थामा अलोकतान्त्रिक नेतृत्वविरुद्ध संघर्ष राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री (भिडियो)



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि रकार सदैव प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

उहाँले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।  उहाँले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रीपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताउनु भयो । उहाँले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विकासको लागि नेपाल सरकार सदैव प्रतिवद्ध छ । गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष हो । ठाउँको कमी छ, जग्गा चाहियो भन्ने करा उठाउनु भयो । यो जायज कुरा हो । समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रीपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु । विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन । राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’

प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।