१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ – मीन विश्वकर्मा

एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ – मीन विश्वकर्मा
अ अ+ अ-

काठमाडौं, ११ फागुन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने दाबी गरेका छन् । उनले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने टिप्पणी गरे ।
 
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । उनले भने,‘मुलुक यतिवेला सबैभन्दा पेचिलो, अप्ठ्यारो ठाउँमा पुगेको छ । विगतमा अत्यन्तै जटिल राजनीतिक अवस्था बनेपछि यो सरकार सबै ठाउँमा ठोक्किएर बनेको हो । 

यो सरकारसामू एउटा चूनौति आयो । एमसीसी पास गराउन प्रधानमन्त्रीज्यू लाग्नुभयो । एमसीसीबारे माधव नेपालले पहिलो पत्र लेखेको हो । एमसीसीमा आवद्ध हुन पाउँ भनेर । झलनाथ खनाल, बाबुराम भट्टराई उहाँहरु प्रधानमन्त्री हुँदा एमसीसीको प्रक्रियामा सहभागी हुनुभएको छ, तर यहाँ त प्रधानमन्त्री र रक्षामन्त्री भैसकेकाले पनि नबुझी कमेन्ट गर्ने काम भयो । यो गलत हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीसी देशको हितमा भएको उल्लेख गरे । उनले थपे–‘एमसीसी सम्झौता पारदर्शी छ । फागनु १६ गतेसम्म पास गर्नुपर्छ । सबै दल एकमत भएर जानुपर्छ । दल ठूलो होईन, देश ठूलो हो । देशको अन्तर्राष्ट्रिय छवि ठूलो हो । हामीले एमसीसी पास गराउनको लागि एमालेलाई अनुरोध गरेका छौं । अहिले छलफल चलिरहेको छ ।  गठबन्धन जोगाउँ र एमसीसी पास गराउँ भन्ने हाम्रो पहिलो शर्त हो । एमसीसी फेल गरेर गठबन्धनमा हामी बस्दैनौं ।’

उनले देश ठप्प पारेर हिँड्ने कुरा कांग्रेसलाई मान्य नहुने धारणा पनि राखे । उनले भने,‘एमसीसीलाई निवेदन हालेको पनि कांग्रेसले होईन । एमसीसी नेपाल र नेपालीको हितमा छ । त्यही भएर हामीले सम्झौतामा हस्ताक्षर गरेको हो । सडकमा नौटंकी र जात्रा देखाईयो । एमसीसी ठिक छ कि छैन भनेर पढ्नुहोस । अनुदानको विरोध गर्नुहुँदैन् । ऋणमा रमाउने, अनुदानमा गाली गर्ने चरित्र सँगै जान सक्दैन् ।’

उनले एमसीसी पास गराऔं भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बारम्बार भनिरहेको सुनाए । उनले भने,‘संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय प्रणाली हो । प्रधानमन्त्रीले पनि अहिले म तपाईँहरुलाई बाहिर जानुहोस भन्न चाहन्नँ भन्नुभएको छ, यो भनेको त सबैले बुझ्छन् नि, जहाँ कमलो त्यही हिर्काउने काम गर्नुहुँदैन् । अहिले एमसीसी सदनमा टेबुल भएको छ, सभामुखले म रेफ्री हुँ भन्नुभएको छ । साना स्वार्थमा दलहरु फस्नुहुँदैन् ।’

उनले अहिले एमसीसीलाई लिएर कांग्रेस ‘हाम्रो घरमा कोही काम गर्ने भएनन, बाहिरको आउनुहोस भन्ने अवस्था’ मा पुगेको पनि सुनाए । उनले भने,‘अहिले एमसीसी पास गराउनको लागि गठबन्धनभन्दा बाहिर जानुपर्ने अवस्था पनि छ, अब एमसीसी पास गराउनको लागि एमालेको शर्त छन् । त्यसमा छलफल गरौं । मिलाउँ । निकास खोजौं । एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ ।’