२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व. गिरी समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्योः प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसका स्व.नेता गिरी भर्सटायल, जिनियस भएको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले स्व. गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताउनु भयो । उहाँले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पु¥याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताउनु भयो । उहाँले स्व. गिरीका लेखहरु पढ्नैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताउनु भयो । उहाँले स्व. गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पु¥याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँलाई मैले भन्ने गरेको छु, उहाँ मान्छे एकदमै भर्सटायल, जिनियस मान्छे भने हुन्छ । उहाँमा सबै क्षेत्रको ज्ञान थियो । उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो । उहाँ विद्वान मानिस हो । नेपालमा त्यस्तो विद्वान मानिस धेरै कम छन् । उहाँको निधनले हामीलाई अपूरणिय क्षति भएको छ । यसको पूर्ति हामी गर्न सक्दैनौँ । उहाँले लेखेका लेखहरु पढ्ने हो भने समाजवादको चिन्तन र आन्दोलनका धेरै ज्ञान मिल्नेछ । उहाँले छोडेर गएका चिन्तनहरु हाम्रो पार्टीले अघि बढाउनुपर्छ । उहाँले लेखेको पुस्तकहरु हाम्रो पार्टीले देशभर पठाउनेछ । उहाँले लेखेका कुराहरुलाई हामीले अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्री देउवाले स्व. गिरीले लेख्नुभएका पुस्तकहरुलाई पार्टीले देशभरमा पु¥याएर उहाँका चिन्तनहरु अघि बढाउने बताउनु भयो ।