• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

स्व. गिरी समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्योः प्रधानमन्त्री



file

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसका स्व.नेता गिरी भर्सटायल, जिनियस भएको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले स्व. गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताउनु भयो । उहाँले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पु¥याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताउनु भयो । उहाँले स्व. गिरीका लेखहरु पढ्नैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताउनु भयो । उहाँले स्व. गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पु¥याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँलाई मैले भन्ने गरेको छु, उहाँ मान्छे एकदमै भर्सटायल, जिनियस मान्छे भने हुन्छ । उहाँमा सबै क्षेत्रको ज्ञान थियो । उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो । उहाँ विद्वान मानिस हो । नेपालमा त्यस्तो विद्वान मानिस धेरै कम छन् । उहाँको निधनले हामीलाई अपूरणिय क्षति भएको छ । यसको पूर्ति हामी गर्न सक्दैनौँ । उहाँले लेखेका लेखहरु पढ्ने हो भने समाजवादको चिन्तन र आन्दोलनका धेरै ज्ञान मिल्नेछ । उहाँले छोडेर गएका चिन्तनहरु हाम्रो पार्टीले अघि बढाउनुपर्छ । उहाँले लेखेको पुस्तकहरु हाम्रो पार्टीले देशभर पठाउनेछ । उहाँले लेखेका कुराहरुलाई हामीले अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्री देउवाले स्व. गिरीले लेख्नुभएका पुस्तकहरुलाई पार्टीले देशभरमा पु¥याएर उहाँका चिन्तनहरु अघि बढाउने बताउनु भयो ।