७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २३ देखि फर्निचर तथा फर्निसिङ एक्स्पो



अ+ अ-

काठमाडौँ । फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

यही भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा नेपाल, भारत तथा बङ्गलादेशका प्रदर्शक सहभागिता हुने नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले जनाएको छ ।

एक्स्पोमा भान्सा, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइनको प्रदर्शनी हुनेछ । एक्स्पोमा एक सयभन्दा बढी कक्ष रहनेछन् । एक्स्पोमा एक लाखले अवलोकन गर्ने अनुमान गरिएको सङ्घका महासचिव अर्जुन घिमिरेले बताउनुभयो ।

एक्स्पोका संयोजक ओम बस्नेतले नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुलाई विस्थापन गर्ने उद्देश्यका प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । एक्स्पोमा मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर र फर्निसिङका उत्पादन राखिने छ । सङ्घले सन् २०१२ देखि वर्षेनी फर्निचर तथा फर्निसिङ सामग्री बृहत् मेला आयोजना गर्दै आएको छ ।