• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

राष्ट्रियसभा बैठक: शुन्य समयमा कस्ले के भने त ?



काठमाडौँ । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको  भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताउनु भयो । उहाँले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले मधेशमा सिंचाई र मलको अभावका कारण खेतियोग्य जमिन बाँझो रहेको बताउनु भयो । उहाँले यसको समाधानका लागि बहुउद्देश्यीय पहाड–मधेस सिंचाई आयोजना कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भयो । मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले अघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सहकारीहरुले जनताको रकम लिएर फरार हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य मदनकुमारी साह गरिमाले कैलाली जिल्लामा रहेको पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटिय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालको कैलाली जिल्लाका नदिहरुमा डल्फिन वर्षायाममा देख्न पाइन्छ । तर अहिलेसम्म राज्यको त्यतातर्फ ध्यान नगइरहेको अवस्थामा म कैलाली क्षेत्रको दक्षिणपूर्वी क्षेत्र टिकापुर र भजनी नगरपालिकामा रहेका पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटिय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गरियोस् भनि सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले गत वर्ष सुख्खाग्रसित किसानले पाउने भनिएको राहत रकम सिरहा नगरपालिकाका किसानहरुले हालसम्म नपाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘गतवर्ष सुख्खाबाट ग्रसित किसानहरुलाई सरकारले क्षतिपूर्ति वा राहतस्वरुप केही रकम प्रदान गर्ने निर्णय गरेको थियो । अधिकांशले पायो पनि । तर सिरहा नगरपालिकाका दर्जनौँ किसानहरुले हालसम्म यो राहत रकम पाएको छैन । त्यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले काठमाडौंमा डेंगुको प्रकोप फैलिएको भन्दै यसलाई गम्भिर रुपमा लिएर रोकथामको लागि पर्याप्त तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलाहरुलाई धेरै भन्दा धेरै प्रत्यक्षतर्फ निर्वाचित गराउनुपर्ने बताउनु भयो । उहाँले बुटवल–काठमाडौंको सडकको दुर्दशा रहेको भन्दै यसको निर्माणको निम्ति सरकारको ध्यानाकर्षण गराउनु भयो ।