११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी
अ अ+ अ-

भादगाउँ । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ ।

कांग्रेसका अनुसार प्रतिनिधिसभाका लागि पाँच प्रत्यक्ष र आठ जना समानुपातिक, प्रदेशसभातर्फ क्षेत्र नं। २ ९क०मा नौ प्रत्यक्ष र ११ जनाले समानुपातिक उम्मेदवारका लागि आकांक्षा व्यक्त गरेको जनाइएको छ । त्यस्तै क्षेत्र नं। २ ९ख० का लागि १० प्रत्यक्ष र १० समानुपातिक गरी २० जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ ।

क्षेत्र नं। २ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका आकांक्षीमा जिल्ला सभापति दुर्लभ थापा, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, सुनिल ठकुरी, कविर राणा र विनोदप्रकाश कायस्थ हुनुहुन्छ । त्यस्तै समानुपातिकतर्फ जिल्ला नेता अष्ट कवे, नारायणभक्त खायमली, अच्युतप्रसाद मिश्र, रमा कोइराला पौडेल, जयराम श्रेष्ठ, मीना ढकाल, सविन ढुङ्गेल र माथवरसिंह बस्नेतले उम्म्ेदवारको आकांक्षा व्यक्त गरेको जनाइएको छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं। २ ९क०मा प्रत्यक्षतर्फ विष्णुराज कार्की, भेषबहादुर कार्की, कृष्णमुरारी न्यौपाने, उद्धव सिलवाल, सुमन कार्की, दिपेन्द्र थापामगर, कविन्द्र मिश्र, अङ्गत खड्का र सुरेन्द्र केसीले उम्मेदवार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। २ का सचिव सविन ढुङ्गेलले जानकारी दिनुभयो ।

त्यस्तै समानुपातिकतर्फ दिपक थापा, राजन बके, राजनकाजी त्वाती, विदुरमानसिं बस्नेत, सङ्गीता थापा, शिवराम न्यौपाने, सुवास कार्की, जीवन श्रेष्ठ, रामगोपाल न्यौपाने, रामेश्वर ध्वजु र सुनिता खत्री हुनुहुन्छ ।

यस क्षेत्रमा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मको भूगोल समेटिएको छ । गत स्थानीय निर्वाचनमा यहाँका १० वडामध्ये नेपाली कांग्रेसले पाँचमा वडाअध्यक्ष जितेको थियो भने पाँचमा वडाअध्यक्षसहित नगरप्रमुख तथा उपप्रमुखमा नेकपा ९एमाले०विजयी भएको थियो ।

प्रदेश सभा क्षेत्र नं। २ ९ख०मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि दुई जना पुर्वसभापतिहित १० जनाले आकांक्षा व्यक्त गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिकाको पूरै भाग समेटिएको यस क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठसहित नगरसभापति हरिदास प्रजापति, प्रदेशसभा क्षेत्रिय सभापति ओमप्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई, केदार खड्का, ओम जिमा, रामचन्द्र ९आरसी० श्रेष्ठ, गोकुल शर्मा र महासमिति सदस्य उमेश खड्काले उम्मेदवारको दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

त्यसैगरी समानुपातिकतर्फ मुरारीप्रसाद आचार्य, उर्मिला बन, बच्चुकैलास बुढाथोकी, सुबर्णजङ्ग सिजापति, अन्जनादेवी मधिकर्मी, ईन्द्रबहादुर प्रजापति, बुद्धिकुमार श्रेष्ठ, कंसबहादुर कोजु, शुसिलाकुमारी सिग्देल र लक्ष्मीशोभा प्रजापतिले उम्मेदवारको दाबेदारी दिनुभएको छ ।