६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दिगो विकास लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन

दिगो विकास लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन
अ+ अ-

काठमाडौं । संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ ।समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनैतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो ।

दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरकारको प्रतिवद्धता अनुसार राष्ट्रिययोजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ । आगामी दिनमा पनि दिगो विकास लक्ष्यमा प्राप्तिका सम्बन्धमा समिक्षा गरिने भन्दै सभापति तारादेवी भट्टले भन्नुभयो “दिगो विकास र लक्ष्य हासिल गर्ने सवालमा र सरकारको प्रतिवद्धता अनुसार योजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयनको लेखाजोखा राम्रोसँग सफल होस् भनि सुझाव र शुभकामना दिन चाहन्छु, । आगामी दिनहरुमा हामी नियमित दिगो विकास लक्ष्यका सम्बन्धमा जोडीरहने छौँ र समिक्षा पनि गरिरहनेछौँ । साथै दिगो विकास लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र,प्रतिवद्धता पनि खाँचो भएकोले त्यसतर्फ गम्भीर बन्न सरकारलाई निर्देशन दिन चाहन्छु ।”

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले राजनीतिक नेतृत्वले मुलुकलाई विकासको गतिमा लैजाने सवालमा अकल्पनिय काम गर्न सक्ने भएकाले दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा पनि ससक्त राजनीतिक संयन्त्र र प्रतिवद्धताको खाँचो रहेको बताउनुभयो । समाज परिर्वतन गर्न सक्ने राजनितिक शक्तिलाई दिगो विकास लक्ष्य हासिल गर्ने सन्र्दभमा पनि शक्तिको रुपमा पनि प्रयोग गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । त्यसका लागि राजनैैतिक नेतृत्वबीच साझा समझदारी र प्रतिवद्धता दुवै आवश्यक रहेको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो “राजनीतिक नेतृत्व भनेको ठूलो शक्ति जम्मा गर्ने पाखुरा हो । त्यसले श्रृजनात्मक वा विध्वम्सात्मक दुवै काम गर्न सक्छ । राजनीति प्रयोग गरेर हामी राज्य बनाउँछौ । राज्य प्रयोग गरेर शक्ति जम्मा गर्छौ । शक्तिले श्रृजनात्मक वा विध्वंम्सात्मक जे भने पनि अकल्पनिय काम गर्न सक्छौ ।”

विभिन्न तहमा रहेका असमानताहरुलाई राज्यले चिरफार गरेर हेर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले गाउ र शहर बीचको असमानता हटाउने विषयमा पनि राजनीतिक नेतृत्वबीच बुझाईमा स्पष्टता नभएकाले त्यसमा पनि स्पष्ट हुनुपर्ने बताउनुभयो । जोखिमपुर्ण वस्तीको स्थानान्तरण र दिगोपना लगायतबारे पनि राजनीतिक तहमा साझा बुझाई र प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । न्यायमा सबैको पहुँच पुराउने विषयमा सरकारले पर्याप्त काम गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । न्याय लागत, त्यसको प्रक्रिया र पहुँचले पनि दीर्घकालिन विकासमा निकै ठूलो प्रभाव पार्ने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “ लक्ष्यमा संगत हुने गरेर पक्ष लिने कि लक्ष्यमा संगत नहुने गरि पक्ष लिने ?  यी कुराहरु न्यायमा जोडिन्छ । सरकारले पैसा गर्न सक्छ तर फेरी लक्ष्य हासिल गर्नका लागि राजनीतिक नेतृत्व नै खाँचो पर्छ । मान्छेको शक्ति भनेको कलेक्टिभलि काम गर्न सक्ने क्षमतामा आधारित भएको हुनाले राजनीतिक दलहरुको नेतृत्वको भूमिका छ ।” राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि राजनीतिक दलहरुको भूमिका पनि रुपान्तरणकारी हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो सोच, हाम्रो काम गर्ने शैली साविककै काम गर्ने शैली, साविककै प्रोजेक्ट कार्यान्वयनको ढाँचा,साविककै विकास वितरणको ढाँचाबाट चाहीँ दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैन । नयाँ ढाँचा दिनका लागि राजनीतिक नेतृत्वले नै फरक स्वरुप दिनुपर्छ । त्यो भयो भने कार्यान्वयन गर्न सकिन्छ । हामी जुन संरचनामा काम गरिरहेका छौ । यसबाट दिगो विकास लक्ष्य हासिल गर्न कठिन छ । त्यसका लागि राजनीतिक दलको भूमिका पनि रुपान्तरणकारी होस् भन्ने मेरो शुभकामना छ ।”

बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाका सदस्यहरुले दिगोविकास लक्ष्य हासिल गर्ने सन्र्दभमा सदस्यहरुले खेल्ने भूमिकालाई छलफलको विषय बनाउनुपर्ने बताउनुभयो । उहाँले दिगो विकासका निम्ति राजनीतिक नेतृत्वको भूमिका धेरै महत्वपूर्ण उल्लेख गर्नुभयो ।  गौतमले भन्नुभयो “दिगो विकास लक्ष्य प्राप्तिका निम्ति राजनीतक दलको भूमिका वृहत्तर महत्वपूर्ण छ । हामी परिवारमा सम्मानता, माया, स्नेहको आधारमा हाामीले त्यहाँबाट विकास गरेका छौँ कि छैनौ?  समाजमा असमानताहरु छन् भने त्यसलाई अन्त्य गर्ने काम गरेका छौँ कि छैनौ, एकथरी मानिस धनी र बहुसँख्य मानिस गरिब हुने स्थितीलाई हटाउनको निम्ति के गर्नुपर्छ ? आदी विषयहरु हामीले हेर्नुपर्छ ।”

त्यस्तै माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले संघ, प्रदेश र स्थानीय तहको योजना आयोगको योजना बनाउँदाको समन्वय गर्दा संयोजनकारी भूमिका विकास गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संघ, प्रदेश र स्थानीय तहबीचको योजन निर्माण गर्दाको समन्वय कसरी भएको छ ? अहिले यसमा एउटा असन्तुलन छ, कुनै पनि सन्तुलन छैन, योजना आयोगले संघको बजेट योजना आफ्नो किसिमले गर्छ, प्रदेशले अर्को प्रकारले गर्छ र स्थानीय तहमा आफ्नै प्रकारले हुन्छ, त्यसैले संघ, प्रदेश र स्थानीय सरकारको योजना आयोगको योजना बनाउँदा संघदेखि गाउँसम्मको योजना निर्माण गर्ने सन्दर्भमा संयोजनकारी भूमिकालाई विकास गरेर लिएर जानुपर्छ, दिगो विकास लक्ष्यलाई लोकलाईजेशन गर्ने कुरा स्थानीय तहसम्म चेतनालाई विकास गरेर लिएर जानुपर्छ ।”

त्यसैगरी राष्ट्रियसभा सदस्य विमला घिमिरेले नीति निर्माण गर्ने क्षेत्रमा महिलाहरुको राजनीतिक रुपमा विकास हुन नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्यमान वहुप्रकृतिका असमानताका कारण महिलाले चाहेर पनि विकासको लक्ष्यमा योगदान पुराउन नसकेको बताउनुभयो ।