१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

खेलप्रति आकर्षण छ, पूर्वाधार छैन

खेलप्रति आकर्षण छ, पूर्वाधार छैन
अ अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उहाँ सानै हुँदादेखि फुटबल खेल्नुहुन्थ्यो । उहाँले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेलमैदान थिएन । उमेरले ३५ पुग्नुभएका उहाँ जिल्लामा हालसम्म पनि व्यवस्थित खेलमैदान नबन्दा निराश हुनुहुन्छ ।

गुरुङ हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट मान्यताप्राप्त रेफ्रीको भूमिका हुनुहुन्छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने फुटबल खेलमा उहाँले रेफ्रीको भूमिका निभाइरहनुभएको छ ।

“म पूर्व खेलाडी र फुटबललाई एकदमै माया गर्ने मान्छे, आधा जीवन फुटबलमै गयो, न आफू खेल्दा राम्रो मैदानमा खेल्न पाइयो न त अहिलेका खेलाडीले राम्रो मैदानमा खेल्न पाएका छन्”, गुरुङ भन्नुहुन्छ, “न पहिला न अहिले, न हिजो न आज खेलसँग सम्बन्धित निकायले खेल मैदानलाई अनि खेलाडीलाई वास्ता नगरेको देख्दा नरमाइलो लाग्छ ।”

आफूले पनि राम्रो खेलमैदानमा खेल्न नपाएको र अहिलेका खेलाडीले पनि राम्रो खेलमैदानमा खेल्न नपाएकामा उहाँको गुनासो छ । “जिल्लामा फुटबलप्रति एकदमै आकर्षण छ, तर खेल्ने वातावरण छैन, सम्बन्धित निकाय किन हो कुन्नी कानमा तेल हालेर बसेको छ”, उहाँले प्रश्न गर्नुभयो, “व्यवस्थित रङ्गशाला बनाउन केले छेकेको रहेछ ?”

खेलाडी अनि खेलमैदानका लागि भन्दा पनि पार्टीगत हिसाबले काम गर्ने प्रवृत्ति रहेको गुरुङको आरोप छ । “खेलाडीलाई प्रोत्साहन गर्ने परम्परा नै छैन”, उहाँले भन्नुभयो, “त्यसो भएपछि कसरी खेलकुद र खेलाडीको विकास हुन्छ ।”

जिल्लामा व्यवस्थित रङ्गशाला नहुँदा जस्तोसुकै खेलमैदानमा पनि खेल खेलाउनुपर्ने बाध्यता छ । व्यास–३ स्थित खुलामैदानमा कयौ वर्ष फुटबल प्रतियोगिता भए । अहिले यो मैदानलाई नगरपालिकाले पार्क बनाउन लागेको छ । यसको विकल्पमा विपी वनवाटिकामा खेल सञ्चालन हुँदै आएको छ । फुटबल खेलाडी प्रेम आलेमगरले व्यवस्थित मैदानको अभावमा फुटबल खेलाडीले सीप सिक्न नपाएको बताउनुभयो ।

भलिबलका खेलाडी एवं प्रशिक्षक पदम सुनार जिल्लामा भलिबलको राम्रो सम्भावना भए पनि पूर्वाधार अभावका कारण खेलाडीले राम्रो गर्न नसकेको बताउनुहुन्छ । “जस्तो छ त्यस्तैमा खेलाडीले प्रशिक्षण गर्नुपर्ने अवस्था छ, अनि कसरी खेलाडीको सीप विकास हुन्छ रु”, उहाँले भन्नुभयो । व्यास–२ निवासी खेलप्रेमी विवेक भट्टराईले व्यवस्थित खेलमैदान नहुनु दुःखद् रहेको बताउनुभयो । “सदरमुकाममै व्यवस्थित खेलमैदान नहुनु दुःखद पक्ष हो, यो वा त्यो भन्नै पाइँदैन, सरोकारवालाहरुले जिम्मेवारी लिनुपर्छ”, उहाँ भन्नुहुन्छ ।

दमौलीकै खेलप्रेमी अन्जिपकुमार श्रेष्ठले भएको खेलमैदानलाई व्यवस्थित गराउनुभन्दा पार्क बनाइएको भन्दै गुनासो गर्नुभयो । अर्का युवा किरण श्रेष्ठले व्यवस्थित खेलमैदान बनाउन यतिसारो किन गाह्रो भएको भन्दै सरोकारवाला निकायलाई प्रश्न गर्नुभयो । व्यास–१३ का मेघनाथ आचार्य व्यवस्थित खेलमैदान निर्माणका लागि सबैले दबाब दिनुपर्ने बेला आएको बताउनुहुन्छ ।

केही दिन अगाडि दमौलीस्थित विपी वनवाटिकामा प्रथम मेयरकप फुटबल प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडी खेल खेल्न आए । कुनै टिममा त विदेशी खेलाडी पनि थिए । विपी वनवाटिकास्थित खेलमैदान पानी परेपछि हिलाम्य भयो । हिलाम्य खेलमैदानमै खेल सञ्चालन गर्न आयोजक बाध्य भयो ।

“हिलै हिलो भएको खेलमैदानमा खेल्नुपर्दा खेलाडीलाई कस्तो भयो होला ?”, म्याग्दे गाउँपालिका–७ हर्षपुर घर भई हाल व्यास–३ बस्ने मोहन बरालीले भन्नुभयो, “जिल्लामा त राम्रो खेलमैदान नै छैन भन्ने छाप खेलाडीमा प¥यो ।”

केही दिन अगाडि जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट ग¥यो । समितिका अध्यक्ष अनिल पाण्डे पूर्वाधार अभावकै बीचमा खेल सञ्चालन गरेर खेलाडी छनोट गर्न बाध्य भएको बताउनुभयो । “खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको छ, खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन”, पाण्डेले भन्नुभयो ।

विपी वनवाटिकास्थित खेलमैदानमा रङ्गशाला बनाउने कुरा चलेको धेरै भयो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । रङ्गशाला बनाउने चर्चा त्यत्तिकै सेलाएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलप्रति आकर्षण बढे पनि खेलमैदान नहुँदा समस्या भएको बताउनुभयो । “खेलकुद मैदानलाई व्यवस्थित गर्नेतर्फ जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले भने विपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित गराउनेतर्फ गम्भीर रहेको बताएको छ । नगरपालिकाका प्रवक्ता एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले उक्त खेलमैदानलाई खेल खेल्न सक्ने बनाइने बताउनुभयो । “यो मैदानलाई व्यवस्थित गराउनकै लागि बीचमा रहेको कभर्डहल सारेका छौँ”, उहाँले भन्नुभयो । रासस