२७ भाद्र २०८३, शनिबार
,
Latest
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापती देउवाको निर्देशन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न निर्देशन दिएका छन् । 

नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएपछि सभापति देउवाले तत्काल नामावली सार्वजनिक गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको मागका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण भएको भन्दै छिट्टै प्रक्रिया पुरा गरेर नामावली सार्वजनिक गरिने बताउजुभयो । 

उनका अनुसार साउन ३० गतेको केन्द्रीय समिति बैठकमै सभापतिले नामावली सार्वजनिक गर्न निर्वाचन समितिलाई निर्देशन दिएका थिए । 

क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन सभापतिले रुजु गरिसकेपछि तथा निर्वाचन समितिले अन्तिम रुप दिएपछि पार्टीको वेबसाइटमार्फत सबैको पहुँचमा पुग्नेगरी सार्वजनिक हुने प्रवक्ता शर्माको भनाइ छ । 

मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका थिए ।