२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् काठमाडौंका दशवटा निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका एमाले उम्मेदवार (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को काठमाडौंका १० वटै निर्वाचन क्षेत्रीय कमिटीले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ ।

एमाले काठमाडौं जिल्लाको निर्देशनअनुसार १० वटै क्षेत्रीय कमिटीहरुले आज नाम सिफारिस गरेका हुन । एमालेको निर्वाचन क्षेत्र स्तरीय समितिले आ–आफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभामा एमालेबाट काठमाडौंका १० वटा क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु यसप्रकार छन्ः

क्षेत्र नम्बर १ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

क्षेत्र नम्बर २ः मणीराम फुयाल

क्षेत्र नम्बर ३ः कृष्ण राई

क्षेत्र नम्बर ४ः डा.राजन भट्टराई, निर्मल कुइकेल

क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल

क्षेत्र नम्बर ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

क्षेत्र नम्बर ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

क्षेत्र नम्बर ८ः राजेश शाक्य

क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

क्षेत्र नम्बर १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन, हिमेष केसी