१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रधानमन्त्रीले छोड भन्नेबित्तिकै हामी सरकार छाड्छौं, यो एमालेको विषय होईन – झक्कु सुवेदी

प्रधानमन्त्रीले छोड भन्नेबित्तिकै हामी सरकार छाड्छौं, यो एमालेको विषय होईन – झक्कु सुवेदी
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व सांसद झक्कु सुवेदीले आफ्नो पार्टीमा  सरकारमा बसोस वा सरकार छोडोस यो एमालेको सरोकारको विषय नभएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने पनि बताए । आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनुको कारण रहेको पनि खुलाए । उनले भने,‘लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि यो सरकार गठन गरेको हो । यो सरकार अरु बेलोको जस्तो होईन। यो सरकारमा हामी हट्ने कि बस्ने, यो  मुख्य विषय होईन ।’

उनले एमसीसीलाई लिएर आफूहरु र कांग्रेसको एजेण्डा नमिलेको पनि सुनाए । उनले भने,‘हामी एमसीसीको विपक्षमा छौं । एमाले त अहिले सबैभन्दा बढि खुशी हुनुपर्ने हो । एमसीसी पास गर्न एमालेले खुशी हुनुपर्ने हो । यो त खुशीको विषय हो नि, उसको लागि । अहिले एमसीसी सदनमा टेबुल भएको छ। प्रधानमन्त्री अहिले देउवाजी हुनुहुन्छ, उहाँले माओवादसँग हाम्रो सहकार्य हुँदैन भनेर उहाँले भन्नुभयो भने हामी त्यत्तिकै सरकारबाट निस्किन्छौं । यो सरकार विषम परिस्थितिमा बनेको हो । आँफै हामी गैरजिम्मेवारीपन देखाएर सरकारबाट हट्दैनौं ।’