२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

प्रधानमन्त्रीले छोड भन्नेबित्तिकै हामी सरकार छाड्छौं, यो एमालेको विषय होईन – झक्कु सुवेदी

प्रधानमन्त्रीले छोड भन्नेबित्तिकै हामी सरकार छाड्छौं, यो एमालेको विषय होईन – झक्कु सुवेदी
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व सांसद झक्कु सुवेदीले आफ्नो पार्टीमा  सरकारमा बसोस वा सरकार छोडोस यो एमालेको सरोकारको विषय नभएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने पनि बताए । आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनुको कारण रहेको पनि खुलाए । उनले भने,‘लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि यो सरकार गठन गरेको हो । यो सरकार अरु बेलोको जस्तो होईन। यो सरकारमा हामी हट्ने कि बस्ने, यो  मुख्य विषय होईन ।’

उनले एमसीसीलाई लिएर आफूहरु र कांग्रेसको एजेण्डा नमिलेको पनि सुनाए । उनले भने,‘हामी एमसीसीको विपक्षमा छौं । एमाले त अहिले सबैभन्दा बढि खुशी हुनुपर्ने हो । एमसीसी पास गर्न एमालेले खुशी हुनुपर्ने हो । यो त खुशीको विषय हो नि, उसको लागि । अहिले एमसीसी सदनमा टेबुल भएको छ। प्रधानमन्त्री अहिले देउवाजी हुनुहुन्छ, उहाँले माओवादसँग हाम्रो सहकार्य हुँदैन भनेर उहाँले भन्नुभयो भने हामी त्यत्तिकै सरकारबाट निस्किन्छौं । यो सरकार विषम परिस्थितिमा बनेको हो । आँफै हामी गैरजिम्मेवारीपन देखाएर सरकारबाट हट्दैनौं ।’