२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशः भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएको राज्यमन्त्रीका स्वकीय सचिवले जानकारी दिएका छन् । चौधरी नेकपा (एमाले)मा प्रवेश गर्ने सूचना पाएपछि उनलाई सरकारबाट हटाइएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आउनुभएको छ । उहाँले एकीकृत समाजवादीका केही नेताहरुलाई एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ । राज्यमन्त्री चौधरी पनि एमालेमा प्रवेश गर्ने सूचना पाएपछि उहाँलाई बर्खास्त गरिएको बताइएको छ ।