• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाल आउँदै



काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाल आउनु हुने भएको छ ।

यही आइतबार पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उहाँ नेपाल आउन लाग्नुभएको हो । पाँच दिवसीय भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेको सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफललगायतका कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै, सेनाका अनुसार भ्रमणका क्रममा भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरुप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ ।

पाण्डेले आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सेनाले जनाएको छ ।