२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिषा पटेलमाथि २.५ करोड ठगी गरेको आरोप



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेलविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तथरिम आदेशको रोक लगाएको छ । झारखण्ड ट्रायल कोर्टले अमिषाविरुद्ध धोखाधडी र विश्वास तोडेको आरोपमा समन जारी गरेको थियो ।

यसपछि अमिषाले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । अब न्यायाधीश बीआर गवई र पीएस नरसिम्हाको इजलासले झारखण्ड सरकारलाई यस सम्बन्धमा नोटिस पठाएको छ ।

तर सर्वोच्च अदालतले निगोसिएबल इन्स्ट्रुमेन्ट ऐनको दफा १३८ (चेक बाउन्स) बमोजिम सजाय हुने कसुरमा कानुनबमोजिम कारबाही अघि बढाउनुपर्ने ठहर गरेको छ ।

निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध उजुरी दिएका थिए । अजयले देसी म्याजिक नामक फिल्म बनाउन अमिषाको बैंक खातामा २.५ करोड रुपैयाँ ट्रान्सफर गरेको उजुरीमा उल्लेख छ । तर, अमिषाले न त फिल्मको निर्माणको काम सुरु गरिन् न निर्माताको पैसा फिर्ता गरिन् ।