११ श्रावण २०८३, सोमबार
,
Latest
इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न आज संघीय संसदका तीन समितिको बैठक बस्दै टेक्सासमा ४४औँ विपी स्मृति दिवस मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिषा पटेलमाथि २.५ करोड ठगी गरेको आरोप



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेलविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तथरिम आदेशको रोक लगाएको छ । झारखण्ड ट्रायल कोर्टले अमिषाविरुद्ध धोखाधडी र विश्वास तोडेको आरोपमा समन जारी गरेको थियो ।

यसपछि अमिषाले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । अब न्यायाधीश बीआर गवई र पीएस नरसिम्हाको इजलासले झारखण्ड सरकारलाई यस सम्बन्धमा नोटिस पठाएको छ ।

तर सर्वोच्च अदालतले निगोसिएबल इन्स्ट्रुमेन्ट ऐनको दफा १३८ (चेक बाउन्स) बमोजिम सजाय हुने कसुरमा कानुनबमोजिम कारबाही अघि बढाउनुपर्ने ठहर गरेको छ ।

निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध उजुरी दिएका थिए । अजयले देसी म्याजिक नामक फिल्म बनाउन अमिषाको बैंक खातामा २.५ करोड रुपैयाँ ट्रान्सफर गरेको उजुरीमा उल्लेख छ । तर, अमिषाले न त फिल्मको निर्माणको काम सुरु गरिन् न निर्माताको पैसा फिर्ता गरिन् ।