३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङको आज विवाह हुँदै



फोटो सौजन्य : राजु घिसिङको फेसबुक पेजबाट
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङको आज विवाह हुँदैछ । उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । कञ्चनलाई किरणले गत असार २१ गते माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए ।

आफन्त र सीमित साथीभाइबीच विवाह गर्न लागेका किरण र कञ्चनले सोमबार मेहन्दी कार्यक्रम गरेका थिए ।

माल्दिभ्सको शीर्ष डिभिजन फुटबल लिगमा किरण लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए । आफ्नो क्लबलाई लिग जिताएर ट्रफी लिने क्रममै उनले प्रेमिका कञ्चनलाई मैदानमा लगेर औँठी लगाइदिँदै विवाह प्रस्ताव राखेका थिए ।

पेशाले एयरहोस्टेस कञ्चन र किरण केही वर्षदेखि प्रेममा रहेका थिए । किरणले विवाह प्रस्ताव राखेपछि दुवैले दुई साता माल्दिभ्समा बिदा बनाएका थिए ।