२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङको आज विवाह हुँदै



फोटो सौजन्य : राजु घिसिङको फेसबुक पेजबाट
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङको आज विवाह हुँदैछ । उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । कञ्चनलाई किरणले गत असार २१ गते माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए ।

आफन्त र सीमित साथीभाइबीच विवाह गर्न लागेका किरण र कञ्चनले सोमबार मेहन्दी कार्यक्रम गरेका थिए ।

माल्दिभ्सको शीर्ष डिभिजन फुटबल लिगमा किरण लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए । आफ्नो क्लबलाई लिग जिताएर ट्रफी लिने क्रममै उनले प्रेमिका कञ्चनलाई मैदानमा लगेर औँठी लगाइदिँदै विवाह प्रस्ताव राखेका थिए ।

पेशाले एयरहोस्टेस कञ्चन र किरण केही वर्षदेखि प्रेममा रहेका थिए । किरणले विवाह प्रस्ताव राखेपछि दुवैले दुई साता माल्दिभ्समा बिदा बनाएका थिए ।