२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै मिति, एउटै स्थानमा एमाले र कांग्रेसको महाधिवेशन तय



अ+ अ-

काठमाडौं । प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति र स्थान जुधेको छ । मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसंगै कांग्रेसको महाधिवेशनको मिती र स्थान जुधेको हो ।

कांग्रेसले पनि आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन काठमाडौंमै हुनेछ । दुवै पार्टीले देशभरका प्रतिनिधि सहभागी हुने महाधिवेशन एकै समय र स्थानमा गर्न लागेका छन् । 

कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दूरी र भीडभाड गर्न नहुने अवस्थामा राजधानीजस्तो भीडभाड बढी हुने क्षेत्रमै कांग्रेसले केन्द्रीय महाधिवेशन २०७८ मंसिर ९–१३ गतेसम्म गर्ने छ भने एमालेले  पनि मंसिर १०–१२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । 

मंगलवार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसअघि विधान अधिवेशन असोज ४, ५ र ६ गते हुनेछ । बैठकले सबै नेताहरूलाई २०७५ जेठ २ गतेकै जिम्मेवारीमा क्रियाशील हुन निर्देशन पनि दिएको छ ।

बैठकमा पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरू समेत सहभागी थिए ।