२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै मिति, एउटै स्थानमा एमाले र कांग्रेसको महाधिवेशन तय



अ+ अ-

काठमाडौं । प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति र स्थान जुधेको छ । मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसंगै कांग्रेसको महाधिवेशनको मिती र स्थान जुधेको हो ।

कांग्रेसले पनि आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन काठमाडौंमै हुनेछ । दुवै पार्टीले देशभरका प्रतिनिधि सहभागी हुने महाधिवेशन एकै समय र स्थानमा गर्न लागेका छन् । 

कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दूरी र भीडभाड गर्न नहुने अवस्थामा राजधानीजस्तो भीडभाड बढी हुने क्षेत्रमै कांग्रेसले केन्द्रीय महाधिवेशन २०७८ मंसिर ९–१३ गतेसम्म गर्ने छ भने एमालेले  पनि मंसिर १०–१२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । 

मंगलवार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसअघि विधान अधिवेशन असोज ४, ५ र ६ गते हुनेछ । बैठकले सबै नेताहरूलाई २०७५ जेठ २ गतेकै जिम्मेवारीमा क्रियाशील हुन निर्देशन पनि दिएको छ ।

बैठकमा पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरू समेत सहभागी थिए ।