• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

केन्यालाई नेपालले दियो १७६ रनको लक्ष्य



काठमाडौँ । घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोडेको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ५९ रन जोडे । यसैगरी रोहित पौडेलले २५ बलमा ४७ रन जोडे । उनले सात चौका प्रहार गरे ।

यस्तै, अर्जुन साउदले २१ बलमा २९ रन, दिपेन्द्र सिंह ऐरीले १८ बलमा २२ रनको योगदानी दिए ।

दुबै टिमले आज निर्णायक खेल खेल्दैछन् । पाँच खेलको सिरिजमा ४ खेल सम्पन्न हुँदा सिरिज २–२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।

टी–ट्वान्टी सिरिजपछि नेपालले केन्यासँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।