२ श्रावण २०८३, शनिबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङबाट चुनावमा उठ्ने रेखा थापाको तयारी



अ+ अ-

काठमाडौँ । नायिका समेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रेखा थापाले मोरङबाट प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने तयारी गरेकी छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस भएको हो ।

यद्यपि, उनी मोरङ – ६ बाट उठ्ने चर्चा पनि रहेको छ । नेकपा एमालेसँग राप्रपाको तालमेल भए थापाले उम्मेदवार बन्ने तयारी गरेकी हुन् । मोरङ क्षेत्र नम्बर– ६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ । एमालेले लालबाबु पण्डितलाई अघि सार्ने तयारी गरेको छ । तर पण्डितको लोकप्रियता खस्कीएका कारण राप्रपासँग गठबन्धन भए मोरङ ६ राप्रपालाई छाड्ने सम्भावना छ ।

राप्रपासँग तालमेल भए क्षेत्र नम्बर ६ मा रेखा थापालाई उठाउने तयारी छ । सो क्षेत्रबाट थापा उठे पण्डितलाई समानुपातिक सूचीमा लैजाने सम्भावना रहेको छ ।

राप्रपा नेतृ रेखा थापाले गठबन्धन भए मोरङबाट उम्मेदवार बन्ने बताएकी छिन् । थापाले आफ्नो घर मोरङ भएकोले गठबन्धन भए मोरङको जहाँबाट पनि उम्मेदवार बन्न आफू तयार रहेको जनाएकी छन् ।