२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नेतृत्वको दल र ठाकुर नेतृत्वको दलको सनाखत हुदै , आजै प्रमाणपत्र पाउने



अ+ अ-

काठमाडौ ।  प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी दर्ताका लागि निबेदन  दिएमा माधब कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको आज निर्बाचन आयोगमा सनाखत हुदैछ ।  दुबै दललाई आयोगले आज सनाखतका लागि बोलाएको छ ।

आयोगले सनाखत प्रक्रिया पुरा गरी आजै दुबै दललाई दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ । आयोगले नेपाल नेतृत्वको दलका सदस्यहरुलाई  बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय  सनाखतका लागि दिएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनु पर्ने प्राबधान राखेको छ । यता सरकारले यी दुई दल दर्ता भएपछि अध्यादेशलाई निष्कृय बनाउने तयारी गरेको छ ।