काठमाडौं । बुधबार नेपाली बजारमा सुनको घटेको छ । साताको तेस्रो मंगलबार ओकालो लागेको सुनको मुल्य आज भने घटेको हो ।
मंगलबार तोलामा ५०० बढेको सुनको मुल्य आज तोलामा ३०० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ९१ हजार ६ सयमा कारोबारकारोबार भइरहेपनि आज तोलामा ३ सय घटेर ९१ हजार ३ सयमा कारोबार भइरहेको जनाएको छ।
महासंघका अनुसार मंगलबार ९१ हजार १०० रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा ३ सय घटेको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला कायम ९० हजार ८सय कायम गरिएको छ ।
यस्तै बुधबार चाँदीको मुल्य भने बढेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने भने आज प्रति तोला १० रुपैया बढेर १ हजार २ सय १० रुपैैयामा कारोबार भइरहेको छ ।