९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

आमा पुस्ता भन्छन्ः छोरी, बुहारीले तीजको महत्व बुझेनन्

आमा पुस्ता भन्छन्ः छोरी, बुहारीले तीजको महत्व बुझेनन्
अ अ+ अ-

काठमाडौँ।

‘माइत जाने बेला भयो कुनकुन सारी लाउने हो
बिदा दिनुस् सासूबज्यै कहिले आउने हो’

धादिङको ८७ वर्षीया बिन्दा पाठक आफ्ना पालाको यो गीत घरमा आइपुग्ने सबैलाई सुनाउनुहुन्छ । आफ्ना छोरी, बुहारी र नातिनीहरुले स्पिकरमा बजाएका गीत चित्त नबुझेर उहाँ आफ्नो समयको गीत गुनगुनाउनुहुन्छ । त्यतिबेला उहाँ तीन दिनसम्म तीज गीत गाउनुहुन्थ्यो । अहिले उहाँका सन्तानले त्यो भाका टिप्न जानेका छैनन् । आमा र दिदीहरुबाटै सुनेरै गीत सिक्नुभएको विन्दाले पहिलेका गीतले ग्रामीण परिवेशमा घरघरमा भइरहेको महिला हिंसाको झल्को दिन्थ्यो । परिवार र समाजले महिलामाथि गरेको विभेदको झल्को गीतमा हुन्थ्यो । एउटी छोरीले अर्का ९श्रीमान्० को घरमा पाएको दुःख कष्टको अभिव्यक्ति पाइन्थ्यो ।

समाज बदलिएसँगै तीज मनाउने तरिका, भाका, नाच, खाइने खानकुरा, लगाउने लुगा सबैमा परिवर्तन आइसकेको छ । हामीले यसरी तीज मनाउने गरेका थियौँ भन्ने कुरा अहिलेका पुस्ताका लागि कथा जस्तै बनेको छ । धेरैले त अग्रजका अनुभव सुन्न चासो नै दिँदैनन् । चासो लिएर सुन्नेले पनि त्यसको मर्म नबुझेको पुरानो पुस्ताको गुनासो छ ।

‘स्वतन्त्रताको अधिकार’ कानुनले सुनिश्चित गर्नु पहिले नै तीज त्यसलाई कार्यान्वयन गर्ने अवसरका रुपमा रहेको थियो । वर्षभर श्रीमान्को घरमा भएको थिचोमिचो महिलाले गीतमार्फत व्यक्त गर्दथे । अहिले कतिपय महिला व्रत बस्दैनन् । कतिले निराहार व्रत बस्ने गरेका छन् भने कतिपयले आफ्नो इच्छा र स्वास्थ्यअनुसार पानी मात्र वा फलफूल वा रोटीलगायत खानेकुरा खाने गरेका छन् । पहिले पहिले तीजमा सबै महिलाले निराहार नै व्रत बस्ने गरेको घरघरका आमा र हजुरआमा बताउँछन् । अहिलेको पुस्ताले रमाइलोका लागि व्रत बस्ने गरेकामा त्यतिबेला निराहार व्रत बस्नु अनिवार्य जस्तै थियो । पाठकले भन्नुभयो, “दिनभर व्रत बसेर साँझ बुढाको गोडा धोएको पानी खाएपछि मात्रै पानी खाइन्थ्यो ।”

अचेल तीजभन्दा एक महिनाभन्दा पहिलेदेखि दर खाने र नाचगान सुरु हुन्छ । तीजमा लगाउने लुगा र खानेकुुराको तयारी निकै पहिलेदेखि हुने गरेको छ । त्यति हुँदाहुँदै पनि ७८ वर्षीया रामकुमारी शर्माले पहिलेको जस्तो अहिलेको तीजमा रौनक भेट्नु भएको छैन । अचेलका मान्छेले वर्षभर नै नाचगान र रमाइलो गर्न पाउने भएकाले तीज नै कुर्नुपर्ने अवस्था नभएको उहाँको भनाइ थियो ।

कुशेऔँसीदेखि चेलीबेटीले नै तीज सुरु भएको मान्ने गरेका छन्। पहिले सडक र गाडी नहुँदा हिँडेरै माइती पुग्नु पथ्र्यो । रामकुमारी पनि झण्डै सात घण्टा हिँडेर मकवानपुरको मन्थली पुग्नुहुन्थ्यो । औँसीका दिन माइती गएपछि एकैपटक पञ्चमी सकेर आउने गर्नुहुन्थ्यो । उहाँले भन्नुभयो, “बाल बच्चा जन्मेपछि धेरैसमयसम्म माइत जान नपाइएपछि घरमै बसेर तीज भनाइन्थ्यो पाँच, छ महिनासम्म जान नपाएको माइती जान पाउँदा साह्रै रमाइलो हुन्थ्यो ।”

तीजमा व्रतका रुपमा विशेष खानेकुरा खाने चलन पहिलेदेखि थियो । साँझमा सामान्य खाना खाएर राति १२ बजे पहिले खिर खाइने गरिएको काभ्रेकी सुन्तली केसीले बताउनुभयो । उतिबेला दरका रुपमा खिर खाने गरिन्थ्यो । भर्खर जीवनको सात दशक पार गर्नुभएकी उहाँ दर खाने दिनमा दिउँसोदेखि नै सेल, पुरी पकाएर खाने गरिएको बताउनुभयो । अहिलेजस्तो बजारको खानेकुरा नभए पनि चेलीबेटीका लागि माइतीले विशेष खानेकुराको जोहो गर्ने गरेको सुन्तलीले बताउनुभयो ।

कुनै फल फल्दा होस् वा मीठो अन्न बनाउँदा छोरी तीजमा आउँछे अनि खुवाउनुपर्छ भन्ने आमाबुबालाई लाग्थ्यो । उहाँले भन्नुभयो, “घरमा भनेजस्तो खान नपाउने र समयमा नपाउने भएकाले माइतीमा आमाले पकाएको जे पनि मीठो लाग्थ्यो ।” पहिले दर खाने दिनदेखि नै नाचगान गरिन्थ्यो । टाढा घर भएका चेलीबेटी औँसीकै दिनदेखि आउने हुँदा त्यो दिनदेखि नै रौनक सुरु हुने सुन्तलीले बताउनुभयो ।

टाढा भएर वा घरमा सासूससुरा र श्रीमान्ले नपठाउने चेली रोएरै घाँसदाउरा गर्ने गरेको उहाँले बताउनुभयो । तीज लागेपछि पाखामा घाँस काट्न जाँदा माइतीबाट आउने बाटो देखिन्थ्यो र सधैँ त्यही बाटो हेर्न मन लाग्थ्यो । “अहिले पो केटी स्कुटर चलाएर राति बिहान आफैँ हिँड्छन्, हाम्रो पालामा छोरी चेलीलाई कसैको जिम्मा नलगाइ हिँड्न दिइदैनथ्यो”, सुन्तलीले भन्नुभयो, “माइती लिन आए त जान पाइन्थ्यो भन्दै कुरेर बसिन्थ्यो ।” पहिले अहिले जस्तो फेरिफेरि लगाउन लुगा नहुने र वर्षांैसम्म एउटै सारी जतनले लगाउने गरिन्थ्यो । पहिले नाचगान त दर खाने दिनबाट सुरु हुन्थ्यो । व्रतको दिन दिनभर नाचगान गरेर रातैसम्म पनि गाउने र नाच्ने हुन्थ्यो । सबै जम्मा भएर नजिकैको मन्दिर गएर दर्शन गरिने उहाँले बताउनुभयो । निराहार व्रत बसे पनि तीजको रमाइलोले कति पनि भोक र थकाइको महसुस नहुने उहाँको भनाइ थियो ।

सानो समूहमै तीज मनाउँछ नयाँ पुस्ता

अचेल महिनौँअघिदेखि दर खाने र कोठामा वा छतमा सानो समूहमा जम्मा भएर नाच्ने चलन देशभित्र मात्रै नभएर विदेशमा बसोबास गर्ने नेपालीमा समेत पाइएको छ । तीज मनाउने मात्रैभन्दा फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा हाल्ने बढी छन् ।

तीजभन्दा पहिलेदेखि नै नाचगान सुरु गरे पनि तीजकै बेलामा भने कम रमाइलो हुने गरेको पुरानो पुस्ताको अनुभव छ । एकै ठाउँमा ठूलो सङ्ख्यामा जम्मा हुनेभन्दा सानो सानो समूहमा स्पिकर बजाएर नाचेर तीज मनाउने गरेको पाइन्छ ।

कोभिड सङ्क्रमणका कारण घरघरमै तीज मनाउने चलन बढ्दै छ । अहिलेका मान्छे सबैसँग घुलमिल गर्नेभन्दा सानो समूहमा आफ्नै घरपरिवार र नजिकैका साथीभाइसँग रमाउने गरेको आमा पुस्ताको अनुभव छ । मोबाइल, ल्यापटप, टेलिभिजन, आइप्याडका कारण कोठाभित्रै रमाइरहेका पुस्ता तीजजस्तो चाडमा समेत बाहिर निस्केर ठूलो समूहमा घुलमिल गर्न चाहँँदैन ।

सञ्चिता घिमिरे, शर्मिला पाठक/ रासस