१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

अल्टिमेटम दिएर कसरी उपहार दिन सकिन्छ ? – चिनियाँ परराष्ट्र मन्त्रालय

अल्टिमेटम दिएर कसरी उपहार दिन सकिन्छ ? – चिनियाँ परराष्ट्र मन्त्रालय
अ अ+ अ-

काठमाडौँ। चीनले कुनै पनि राजनीतिक सर्तहरू संलग्न गर्न नहुने, ‘जबरदस्ती कूटनीति’ गर्न नहुने र आफ्नो स्वार्थका लागि अन्य देशको सार्वभौमसत्ता र हितमा आँच आउन नहुनेमा जोड दिएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अन्तर्राष्ट्रिय विकास सहयोगले आपसी सम्मानको सिद्धान्तलाई पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नहुने कुरामा चीनले सधैँ विश्वास गरेको कुरामा जोड दिनुभयो। पत्रकार सम्मेलनमा अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट पारित नभए नेपाल–अमेरिका सम्बन्धमा असर पर्नसक्ने भनी अमेरिकाले दिएको दबावप्रति सोधिएको प्रश्नमा उहाँले दबावमा सहयोग लिन नसकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयाे ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको छ । यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? यो उपहार हो वा पान्डोराज बक्स ?"

नेपालस्थित अमेरिकी दूतावासले एमसीसीको ५० करोड अमेरिकी डलरको सहायता अमेरिकी जनताले नेपाली जनतालाई दिएको उपहार हो भन्ने सार्वजनिक रुपमा बताएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अल्टिमेटम दिएर कसरी उपहार दिन सकिन्छ ? यस्तो ‘उपहार’ कसरी स्वीकार गर्न सकिन्छ ?”

यो पनि पढ्नुहोस् –  सहयोग राजनीतिक शर्तरहित नेपाली जनताको चाहनाबमोजिम हुनुपर्ने: चीन