• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सभापति देउवासहित कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्दै



काठमाडौँ । सरकार प्रमुखका रुपमा नभई नेपाली कांग्रेसका सभापतिका हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न कांग्रेस सभापति देउवा दिउँसो २ बजे पार्टी पदाधिकारीसहित राष्ट्रपति भवन शीतल निवास जाँदै हुनुहुन्छ ।

भेटको एजेण्डाबारे अहिलेसम्म केही जानकारी प्राप्त भएको छैन । नागरिकता विधेयक विषयमा राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच पछिल्लो समय दूरी बढेको छ ।

संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि सन्देशसहित संसद्मै फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाले सो विधेयकमाथि कुनै पुनर्विचार नगरी हुबहु पारित गरेपछि राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच दूरी बढेको हो ।