२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयमा सरकारी संरक्षणमा गुण्डागर्दी भयो: प्रमुख प्रतिपक्षी (भिडियो)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सासंद प्रदीप ज्ञवालीले सरकारको संरक्षणमा सत्तारुढ दलका भ्रातृसंगठनले प्राध्यापकको ज्यान लिने प्रयास गरेको तीन वर्षमा ३०० दिन तालाबन्दी गरेको र कार्यालयहरु तोडफोड गर्नुका साथै माइन्युट समेत च्यातेर अराजकता मच्चाउँदा पनि कुलपति, सहकुलपति र गृहमनत्री मौन रहनु आपत्तिजनक रहेको बताउनुभयो ।

उहाँले कुनै समयमा नेविसंघको नेतृत्व गर्नुभएका प्रधानमन्त्री र गृहमन्त्रीले कस्तो शिक्षा दिन खोजेको हो भन्दै प्रश्न गर्नुभयो । “त्यस समयमा मण्डलेबाट आक्रमण हुन्थ्यो। आज त्यही घटना दोहोरिएको छ, के उहाँहरु मौका नपाएर मण्डले नहुनु भएको हो रु”, ज्ञवालीले भन्नुभयो, “यस्तो विषयले प्रधानमन्त्री, शिक्षामन्त्री र गृहमन्त्रीलाई पोल्नु पर्दैन रु”

नेता ज्ञवालीले भन्नुभयो, “आफूलाई चित्त नबुझेको खण्डमा राष्ट्रबैंकको गभर्नरमाथि हमला, रेडक्रसमाथि हमला, विश्वविद्यालयमाथि हमला, के सरकारले चाहेको यही हो ? विश्वविद्यालयको कार्यलय बूढानीलकण्ठमै सार्न खोजेको हो भने पनि प्रधानमन्त्रीले भन्नुपर्यो ।”

उहाँले उहाँले यस विषयमा रुलिङ नभएसम्म बैठक चल्न नसक्ने जनाउनुभयो । सभामुख अग्नि सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराउँदै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएपछि बैठक सुचारु भएको छ ।