• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

केन्याविरुद्धको सिरिज एक खेल अगाबै जित्ने दाउमा नेपाल



काठमाडौँ । घरेलु टोली केन्याले चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाललाई १०२ रनको विजयी लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १०१ रन जोड्यो ।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स अबुयाले २० रन जोडे । कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यस खेलमा नेपाल जित निकाल्दै एक खेल अगाबै सिरिज आफ्नो पोल्टामा पार्ने योजनामा रहेको छ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ ।

पाँच खेलको टी–ट्वान्टी सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।

त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित हुन पुगेको थियो ।

नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।