१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

फाल्गुनन्द सुकिलुम्बामा तारा एयरको उडान शुरु

फाल्गुनन्द सुकिलुम्बामा तारा एयरको उडान शुरु
अ अ+ अ-

काठमाडौं । तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको छ । 

विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले आज (बुधबार)बाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो । तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताउनु भयो । उहाँले विमानस्थल निरन्तर उडानका लागि प्रतिवद्ध रहेकोसमेत बताउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत रिमालले भन्नुभयो, ‘कमर्सियल फ्लाइट आजबाट शुरु भएको छ, त्यसलाई निरन्तरता दिनेछौँ । तपाईहरुको उपस्थिति, जहाज आउँदाको उत्सुकता देखेँ मलाई झनै प्रतिवद्ध हुने उत्सुकता आयो । इलामवासीको साथ र सहयोग भए निरन्तर उडान भर्न सकिन्छ ।’

त्यस्तै तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताउनु भयो । उहाँले आगामी दिनमा निरन्तर उडान भर्नका लागि अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताउनु भयो । उहाँले अबका दिनमा सो विमानस्थलमा आईतवार र बिहीवार दुई दिनको लागि उडान तालिका बनाएको पनि बताउनु भयो ।  

प्रवक्ता बर्तौलाले भन्नुभयो, ‘इलामको फाल्गुनन्द सुकिलुम्बा एयरपोर्टको पिच गरिसकेपछि पहिलो व्यवसायीक उडान गर्न पाएकोमा तारा एयर एकदम हर्षित छ । यो फ्लाइट तारा एयर एक्लैको हिलमा भएको होइन । विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा सबैको संयुक्त प्रयासले व्यवसायिक उडान गर्न सफल भएका छौँ । यहाँ उडान आजबाट शुरुवात भएपनि तारा एयरले आईतवार र बिहीवार दुई दिनको लागि सेड्युल राखेका छौँ ।  किनभने नगरपालिकाको अनुरोध अनुसार आईतवार आउनुभएका पर्यटक बिहीवार फर्किने र बिहीवार पुगेकाहरु आईतवार फर्किने भएकोले त्यही हिसावले सेड्युल मेन्टेन गरेका छौँ । यसलाई नरन्तर सञ्चालनका लागि नगरपालिका, मेयरसाबहरु सबै लागिरहनु भएको छ । निरन्तर उडान गर्ने हाम्रो योजना छ ।’

पहिलो व्यवसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एशोसिएशनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी हुनुहुन्थ्यो ।