११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका पूर्वघोषित कार्यक्रम स्थगन



अ+ अ-

कर्णाली । नेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रमहरु स्थगन गरेको छ । मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कर्ने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठकहरु स्थगन गरेको हो । 
    
प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले अर्को सूचना नभएसम्मका लागि पूर्वघोषित कार्यक्रमहरु स्थगन गरिएको जानकारी दिनुभयो । यही भदौ ३ गते बसेको प्रदेश कमिटीको बैठकले भदौ १० देखि २१ गतेसम्म जिल्ला कमिटीका बैठक सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

लामो समय पार्टी बैठकमा सहभागी नभएका स्थायी कमिटीका सदस्यहरुसमेत सहभागी बैठकले १० बुँदे सहमति कार्यान्वयनको कार्यतालिका बनाएपछि एमालेका तल्ला कमिटीले पूर्वनिर्धारित कार्यक्रमहरु स्थगन गरेका हुन् ।