४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो पार्टी बन्छः मेटमणि चौधरी



अ+ अ-

काठमाडौं । प्रस्तावित एकीकृत समाजवादी पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो पार्टी बन्ने नेता मेटमणि चौधरीले दावी गरेका छन् । त्यस्तै चौधरीले  एमालेसँग कुनै पनि सहकार्य नहुने पनि बताएका छन् । सञ्चारकर्मीहरुसंग बोल्दै चौधरीले नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग भने पार्टी एकता गर्ने जानकारी दिए । 

आफूहरुले सोचेभन्दा धेरैको सनाखत भएको पनि चौधरीले बताएका छन् । चौधरीका अनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको सनाखत भइसकेको सञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन् ।

प्रस्तावित एकीकृत समाजवादी पार्टीमा एकल अध्यक्ष हुने पनि चौधरीले जानकारी दिएका छन् ।